श्रावण महिनालाई किन शिव महिना मानिन्छ ?
Siddhashram Shakti Kendra
2 years ago

     श्रावणमा नै शिव पूजनको किन महिमा छ त ? यो एउटा प्रश्न हुन सक्दछ । श्रावण मास सम्पूर्ण जीव जगतको जीवनाधार जलको वर्षा गर्ने वर्षा ऋतुको प्रारम्भ हो । गृष्ममा सूर्यरूप शिवले आफ्ना प्रचण्ड किरणहरूद्वारा जल संकलन गरी आफ्नो सोमात्मक स्वरूपबाट वर्षा ऋतुमा जल वर्षण गर्नुहुन्छ ।

अप्रतिम उदाहरण हुनुहुन्छ । भगवान् निलकण्ठलाई सर्वाधिक लोकोपकारक भएकैले वर्षाऋतु र श्रावणमास प्रिय भएको हो । यस श्रावण मासमा जसले रोट, जोत, जल, फलफूल आदि प्रकट गर्दछ, त्यसलाई भगवान्ले मन विञ्छित फल प्रदान गर्नुहुन्छ ।

क्षेत्र पनि यस सम्ममा उर्बरा बनेको छ । श्रावणबाटै दक्षिणायन प्रारम्भ हुन्छ र यसै श्रावण कृष्ण पक्षमा भगवती दक्षिणकाली, गोरखकालीको अष्टमी तिथिमा प्राकट्य भएको हो जुन आद्याशक्ति, सम्पूर्ण योग सिद्धि प्रदायिनी र महायोगिनी पनि हुन् । यसै महिनामा नाग पूजन, यज्ञोपवित प्रतिष्ठा र रक्षा बन्धनजस्ता पावन पर्वहरू सम्पन्न हुन्छन् ।

     विशेष गरी वैशाखी पूर्णिमादेखि श्रावण मसान्तसम्मको समय अमृत समय भएकोले उहाँको ब्रहृमा, विष्णु, महेश्वरस्वरूपको कृपा, आशीर्वाद प्राप्त गर्नका लागि सिद्धाश्रम शक्ति केन्द्र नेपालले श्रावण महिनालाई ‘श्री शिव गोरक्ष महोत्सव’को रूपमा मान्दै आएको हो ।

Share Tweet