गुरु र शिष्यको सम्बन्ध | गुरु पूर्णिमा विशेष
समस्त साधनात्रफ्मको धुरी नै गुरु–शिष्य सम्बन्ध हो । यसको मूल कारण यो हो कि मन्त्र आपफ्मौ प्रबल शत्तिफ् सम्पन्न एवं प्रभावपूर्ण छ, तर यसको रहस्य यसको उच्चारणमा लुकेको छ । मन्त्रलाई सामान्य तरिकाले पढ्नु वा उच्चारण गर्नुमा कुनै अर्थ छैन किनकि आरोह–अवरोहको ज्ञान नगरी मन्त्रको प्रभाव उत्पन्न हुनै सक्दैन ।
यस्तो स्थितिमा पुस्तकहरूमा प्रकाशित मन्त्रले मात्र बोध गराउन सक्छ, त्यसको उच्चारण कुन प्रकारले गर्ने जसबाट वांछित सिद्धि प्राप्त गर्न सकियोस्, गुरुले नै शिष्यलाई सामु राखेर मन्त्र उच्चागुरु र शिष्यको सम्बन्ध अत्यन्त सूक्ष्म धरातलमा स्थित हुन्छ, अतः यसमा जरुरतभन्दा ज्यादा सावधानी एवं सतर्कताको आवश्यकता पर्दछ । भारतवर्षमा गुरु–शिष्य परम्पराको जरा अत्यन्त गहिरो र सुदूरसम्म पफ्लैिएको छ । अतः यसको बारेमा केही विचार गर्नु आवश्यकजस्तै अनुभव भइरहेको छ ।
गुरु त्यस महान् व्यत्तिफ्त्व हुनुहुन्छ जसले आन्तरिक ज्ञान नेत्रलाई जाग्रत गरुन् । उनको उपस्थिति यस्तो लागोस् कि मानव साक्षात् सूर्यजस्तै प्रकाशमान हुन गएको छ । जसको उपस्थिति भएमा मात्रै पनि भित्रभित्रै एक हलचल मच्चिन लागोस्, एउटा आनन्द आउन लाग्दछ, एउटा अनुभूति हुन जान्छ, उनै व्यत्तिफ्त्व तपाईँका गुरु हुनुहुन्छ ।भगवान् राम, शङ्कराचार्य, विवेकानन्द आदि सबैले गुरुद्वारा असल शिक्षा पाई विश्वमा आप्नो कीर्ति पफ्लौउन सपफ्ल भए ।
गुरुकै निर्देशनमा उनीहरूले नयाँ युगको प्रारम्भ गरे । ‘गुरुविन ज्ञान न होई’ हिन्दु परम्परामा गुरुविना ज्ञान प्राप्त हुँदैन र जीवन सपफ्ल हुँदैन भन्ने मान्यता छ । त्यसैले हिन्दु परम्पराअनुसार हरेक व्यत्तिफ्ले कसैलाई गुरु मानी मन्त्र सुन्नु अनिवार्य छ ।