पुत्रदा एकादशी
Mero Kundali
3 years ago

     बी स २०७७ पौष महिनको ११ गते रबिबार पुत्रदा एकादशी परेको छ ।एकादशिमा ब्रत बस्नाले यो लोकमा सुख सम्पत्ती पाई अर्को मिर्त्युपछी बिष्णुलोका प्राप्त हुनेछ मान्यता छ ।पुत्रदा एकादशिमा व्रत गर्नाले संतान नभएकालाई संतान हुन्छन भने संतान हुनेहरुको छोरा छोरिको कल्याण हुनेछ ।यस एकादशिमा बाल गोपाल बालमुकुन्दको पुजा आराधाना गर्दा बिशेष लाभ मिल्नेछ ।

प्राचिन कालमा भद्राबती नाम गरेको नगरमा सुकेतुमान नाम गरेको राजा शैव्या नाम गरेकी रानिको साथमा राज्य गर्दथे ।राजा धेरै धर्मात्मा थिए, उनले जप आराधान, दान धर्म मा समय बिताउथे ।तर राजाको संतान थिएनन ,यस कारण राजा चिन्तित थिए ।पुत्रबिना देव ऋण, पितृ ऋण एबं मनुष्य ऋण बाट मुक्ती मिल्दैन भन्ने मान्यता अनुरुपा राजा धेरै उदास थिए ।एक दिन जंगल जाने क्रममा राजाले ऋषी मुनिहरुलाई देख्छन ।उहाहरुले ले बेद मंत्र उच्चारण गरिरहनु भएको थियो ।

उदास राजालाई ऋषी विश्वदेवले सोध्नु हुन्छ, "उदास हुनुको कारण केहो राजन ?"राजाले आफ्ना संतान नभएका कारण आफु धर्तिको ऋणबाट मुक्ती हुन नसकेको ले आफुलाई पुत्र प्राप्तीको आशिर्बाद दिनु हुन विनय गर्छन ।राजालाई ऋषिले पौष शुक्ल पक्षमा आउने एकादशिको व्रत गर्नको लागी उपदेश दिन्छन ।व्रतको प्रभावले राजालाई पुत्रको प्राप्ती हुन्छ ।पितृहरुपनी प्रशन्न रहन्छन ।

     जस्ले पुत्रदा एकादशिको व्रत उपसना गर्छ हरी नाम जप्छ, या एकादशी महिमा सुन्छ र पढ्छ भने उस्लाई सुख सौभाग्य प्राप्त हुनेछ ।ॐ नमो भगवते बासु देवाय ।

Share Tweet