षटतिला एकादशी व्रत माहात्म्य (माघ २६ गते षट्तिला एकादशि व्रत)
Mero Kundali
3 years ago

     यस एकादशिमा तिलको अत्यन्त महत्व रहेकोछ । तिलको ६ प्रकारको प्रयोगबाट हजारौ जन्ममा गरेको पाप कर्महरु नाश हुने मन्याता छ भने मृत्यु पछी बैकुंठ मा बास हुने छ । बिहान सुर्यदय भन्दा पहिला उठेर जलमा तिल मिसाएर स्नान गर्नु पर्दछ । तिल मिसाएर जल पिउने ,तिलबाट हवन गर्ने , श्री हरिलाई तिल भोग लगाउने,तिल दान गर्ने तथा तिल को उच्चारण गर्नाले पनि पुण्य मिल्ने यस षटतिला एकादशिको महत्व रहेकोछ ।

पौराणिक कथा अनुसार एक ब्राह्मणी बिष्णु भगवानको परम भक्त थिइन । उनले श्री हरिको व्रत पुजा गरी रहन्थिन । भक्तिको प्रभावले उनलाई मृत्यु पछी बैकुंठ प्राप्त हुन्छ । बैकुंठमा उनलाई रित्तो कुटी प्राप्त हुन्छ । खाली कुटी देखेर चिन्तित हुँदै व्रम्हाणिले भगवनालई पुकार्छिन । म हजुरको भक्त भैकन पनि आज मलाई रित्तो कुटी किन ?

नारायण ले आफ्नो दिब्य स्वरुपको दर्शन दिदै भन्नु हुन्छ, हे भक्त तिमीले मेरो पुरा ,व्रत आराधाना त गर्यौो तर म तिम्रो घर भिक्षु रुपमा माग्न आउँदा तिमीले माटोको थुप्रो मात्र दियौ । यस कारण तिमीलाई यस्तो फल प्राप्त भएको हो । यसको समाधानको लागी तिमीले बिधी पुर्वक षटतिला एकादशिको व्रत गर तिम्रो कुटी अन्नले भरिनेछ । ती महिलाले षट्तिला एकादशिको व्रत गरे पछी व्रतको प्रभावले कुटी अन्नले भरिन्छ र पुर्व जन्ममा दान नगर्दा को परिणाम बाट छुटकारा प्राप्त हुन्छ ।

Share Tweet