बसन्त पंचमि (सरस्वती पुजा) २०७७ माघ ०४ ,मंगलबार
Mero Kundali
3 years ago

     सरस्वती मया दृष्टा वीणापुस्तकधारिणी हंसवाहनसंयुक्ता विद्यादानं करोतु मे प्रथमं भारती नाम द्वितीयञ्च सरस्वती तृतीयं शारदा देवी चतुर्थ हंसवाहिनी पञ्चमं तु जगन्माता षष्ठं वागीश्वरी तथा सप्तमं चैव कौमारी अष्टमं वरदायिनी

नवमं बुद्धिदात्री च दशमं ब्रह्मचारिणी एकादशं चन्द्रघण्टा द्वादशं भुवनेश्वरी द्वादशै तानि नामानि त्रिसन्ध्यं य पठेन्नरः जिव्हाग्रे वसते तस्य ब्रह्मरूपा सरस्वती

हरेक वर्ष माघ शुक्ल पक्षको पंचमि तिथिका दिन बसन्त पंचमि पर्व मनाइन्छ । यस दिन बिद्दाकी देबी सरस्वतिको पुजा आराधाना गरिन्छ । यस दिनलाई सरस्वती माताको प्रकट तिथिको रुपमा मनाइदै आएको छ ।ऋतु हरुको राजाको रुपमा मानिने बसन्त ऋतु सङ्गै पुराना पातहरु झारेर बोटबिरुवाहरुमा नयाँ पात पलाउन थाल्दछन, चारै तिर हरियालिको आभास हुन थाल्दछ ।बसंत पंचमिको दिन हरेक कार्य गर्न शुभ मानिन्छ ।

     कुनै मांगलिक कार्य गर्दा आज को दिन गर्नाले त्यसले सिद्धी प्राप्त गर्ने मान्यता छ ।आजको दिन कुनै कार्य गर्नलाई साइत हेर्नु पर्दैन ।साधान सिद्ध गर्नको लागी आजको दिन महत्वपूर्ण रहेकोछ ।साना बालबालिकाहरुको यसै दिन नाक -कान छेड्ने गरिन्छ भने , बिद्दारम्भ पनि आजकै दिन बाट गरिन्छ ।ज्ञान ,संगिता ,कलाको देबिको रुपमा सरस्वतिमालाई हरेक क्षेत्र ,पेशा ,व्यवसायाम लाग्ने हरु ले पुजा आराधाना गर्ने गर्छन भने बिद्दालयाहरुमा उत्सव मनाइन्छ ।

Share Tweet