सबै प्राणिलाई बाँच्न पाउने हक छ - Mero Kundali
Mero Kundali
3 years ago

      प्रकृतिले यतिका धेरै सम्पदाहरु मानिसका लागी उपहार दिएको छ ।यतिका धेरै खाद्द बनस्पति,फलफुल तथा अन्नहरु छन कि जन्मे देखी नमरुन्जेल सम्म उपभोग गर्न भ्याउदैन ।तर किन प्राण हत्या गरी रगत पिउन बिबस छन मानिस ?आफ्नै शरिरका जस्तै ह्ड्डी तान्न किन तल्लिन छ्, समुदाय ?प्रकृतिले दिएका यतिका अनुपम कोसेलिहरुको खोजी गरोस ।मासुमा खर्च गर्ने धन यि प्राकृतिक औषधी तुल्य खाद्द बस्तुमा खर्च गरोस न बरु ।

दुर्गा माताले खराब ति दानबहरुको अन्त्य गर्नु भयो,अहंकारीलाई वली दिनु भयो, यसर्थ यो होईन कि अझै माताले निर्दोष पशुहरुको वली चाहनु हुन्छ ।उहाले कसैको प्राण चाहानु हुन्न ।बरु हामिले हाम्रो मन भित्रका दोष,खराबी र अहंकारको वली चढाउनु पर्छ ।रिस-राग, बैरभाबको वली चढाउनु पर्छ ।पशुवलिको नाममा अबोध प्राणिको हिंसा त्यागेर संस्कार बदलौ ।हाम्रो पिढिहरुलाई सभ्यता सिकाउ ।अन्धबिश्वास हटाउ भन्ने सुनिन्छ तर पशुवली नामको कुरितिले किन पकट जमाई रहेको छ ?

अध्यात्मनै सफलता र खुशी प्राप्त गर्न सबै भन्दा अचुक औषधी हो ।मोक्षको बाटोमा हिड्नु होस ।भौतिक सुख,शारिरिक सुख्,मिठो स्वादयि क्षणिक हुन ।अध्यात्मले तपाईंलाई दिर्घकालीन चयन दिनेछ भने मोक्षप्राप्तिको बाटोमा तपाईंलाईडोह्राउनेछ ।माता दुर्गा भवानिले हामीलाई सद्बुद्धी दिउन,सत्मार्गमा हिड्ने प्रेरणा प्राप्त होस, भवानिको अनुकम्पा प्राप्त भैरहोस ।नवदुर्गाको भब्य र सभ्य तरिकाले पुजा आराधना गरौ ।

      महिसासुर दानवको नाममा कुनै प्राणिको हत्या गर्ने अधिकार भने हामिलाई छैन ।बरु नरिवलको वली दिनुहोस ।हत्या , काटमार जस्ता कुरा यसरि सामान्य हुन थालेकी यही सभ्यता मौलाएका कारण मान्छे मार्नु जस्ता कुरा पनि सामान्य बनेर हाम्रो समाजमा बिकृतिहरु देखा परेका छन ।हत्या- हिंसा त्यागौ!शान्तिको प्रतिकको रुपमा चाडबाढ मनाउ ।भलाकुसारी होस,आत्मियता बाढेर पर्व मनाउ ।एकताको भावना लिएर मनाउ ।

Share Tweet